मलेसियाबाट एकैपटक ल्याइयो २४ शव र तीन अस्तु
मलेसियाबाट एकै दिन २४ वटा शवर तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव शनिबार आजै आफन्तको जिम्मा लगाइएको छ ।शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो ।
यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ ।