Logo
४ आश्विन २०८१, शुक्रबार
(July 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमजोर बन्दै ओली ! नेपाल पक्षका सांसदलाई हिजो २४ घन्टे स्पष्टीकरण, आज आममाफी !

एमाले भित्र पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली निकै कमजोर बन्दै गएका छन् । यसको चित्रण उनको हाउभाउ, काम गराईले पुष्टी गर्दै लगेको छ ।

एकदिनअघि आफ्नै पार्टीका २२ जना सांसदलाई स्पष्टीकरण सोधेका एमालेका अध्यक्ष ओलीले बिहीबार ‘आम माफी’ भएको घोषणा गरे । पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा बोल्दै उनले एकताका लागि सवैलाई माफ गरेको बताए ।

उनले भने, ‘पुष्पलालबाट प्ररेणा लिऔं । महान विचार कार्यान्वयन गर्न एक जुट होऔं, पद र स्वार्थका कुरा छाडौं । देशका कुरा गरौं । एकताका कुरा गरौं। बाटो बिराएका र भड्किएकालाई आममाफी भयो । आउनुहोस् मिलेर काम गरौं ।’

पार्टीले सानोतिनो धक्का होइन, ठूलो क्षति बेहोरेको भएपनि एमालेमा फर्किनेलाई माफ गर्ने उनको भनाइ छ। मिलेर काम गरेर पार्टीलाई मजबुत बनाउनुपर्ने बताउँदै अध्यक्ष ओलीले एकजुट हुन आह्वान गरे ।

ओलीले भने, ‘आउनोस् मिलेर काम गरौं । यस आन्दोलन मजबुत पारौं । एकजुट भएर जाउँ । यद्यपि यस आन्दोलनले सानो धक्का बेहोरेको छैन, ठूलो क्षति बेहोरेको छ । त्यो पनि आफ्नै कारण ।’

आममाफि नै दिनुथियो भने हिजो किन स्पष्टिकरण सोधे उनले भन्दै सामाजिक संजालमा ओली कमजोर भएको विश्लेषण भइरहेको छ। हुन पनि ओलीले आफ्नै पार्टीका नेताहरुलाई मिलाउन नसक्दा प्रधानमन्त्रीबाट च्यूत हुनुपरेको थियो ।

प्रकाशित मिति: Jul 22, 2021

प्रतिक्रिया दिनुहोस्