निजी क्षेत्रको लगानी अभिवृद्धिमा सधैँ सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री देउवाले नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको भेटमा उक्त प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणको लागि आफू तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानलाई सरकारको साथ रहेको जानकारी दिएका छन् ।