Logo
४ आश्विन २०८१, शुक्रबार
(July 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल कम्युनिष्ट आन्दोलनका गद्दार नै हुन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिएका छन्।

सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत ओलीले यस्तो बताएका हुन्।

उनले आइतवार संसदमा भएको घटनालाई असाधारण र चरम अनैतिकको संज्ञा दिए।

‘हिजो संसदमा कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाललेका केही सांसदहरुको कदम असाधारण, अस्वभाविक र चरम अनैतिक हो’, उनले भने, ‘यो कुरा हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो।’

ओलीले आफ्नो बहुमत नभएको कमिटीमा आउँदिन भन्ने नेपालले अध्यक्ष पद खोजेको आरोप पनि लगाए।

‘हिजो मात्रै माधव नेपालले बहुमत नभएको कमिटीमा जान्न भनेर अपराध गर्ने, सरकार ढलाउने अनि उनैलाई बहुमत दिनुपर्ने? अध्यक्ष बनाउनुपर्ने?’, ओलीले बैठकमा भने।

प्रकाशित मिति: Jul 19, 2021

प्रतिक्रिया दिनुहोस्