Logo
४ आश्विन २०८१, शुक्रबार
(July 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१८७५ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

नेपालमा विगत २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएका अनुसार उक्त अवधिमा १० हजार ६६ जनाको गरिएको परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ६ हजार ८५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार २०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार १६४ जना संक्रमणमुक्त भएका छन् । यसैगरी उक्त अवधिसम्ममा २१ जनाको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ।

प्रकाशित मिति: Jul 17, 2021

प्रतिक्रिया दिनुहोस्