Logo
४ आश्विन २०८१, शुक्रबार
(July 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड–नेपाल बीचको भेटवार्तामा केके भयो ?

समसामयिक राजनीतिका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

कोटेश्वरमा दाहाल र नेपालबीच भेटवार्ता भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

मन्त्रिपरिषद विस्तार, मन्त्रीको बन्ने नाम, पछिल्लो राजनीतिक घटनाक्रम, एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति र सत्तारुढ गठबन्धनबारे माधव नेपालको धारणा लगायतका विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: Jul 17, 2021

प्रतिक्रिया दिनुहोस्