Logo
४ आश्विन २०८१, शुक्रबार
(July 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामो दूरीमा २८ प्रतिशत बढ्यो भाडा, कहाँको कति पुग्यो? (सूची)

सरकारले २८ प्रतिशत भाडा बढाएसंगै दूरीअनुसारको भाडादर सार्वजनिक गरेको छ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा नयाँ भाडादर सार्वजनिक गरेको हो।

उक्त भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा लागू हुनेछ।

सरकारले यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरेको हो।

विभागले यसअघि सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धानको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेको थियो।

अहिले त्यसलाई परिवर्तन गरी यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्यवृद्धिको आधारमा भाडावृद्धि गरिएको विभागले जनाएको छ।

यस्तो छ भाडादर

प्रकाशित मिति: Jul 17, 2021

प्रतिक्रिया दिनुहोस्