Logo
५ आश्विन २०८१, शनिबार
(July 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाएर जातीय विभेदसम्बन्धी मुद्दामा कारबाही अघि बढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।

तनहुँकी रुपा सुनारले आइतबार जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएकी हुन् ।

रिटमा शिक्षामन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय बबहरमहल, महानगरीय प्रहरी वृत सि‌ंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाइएको छ ।

थरको कारण देखाउँदै बबरमहलकी घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा नदिएपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन् । पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।

शिक्षामन्त्री श्रेष्ठले प्रधानलाई झन्डावाला गाडीवाला गाडीमा हालेर घरसम्म पुर्‍याएको भन्दै रुपाले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

प्रकाशित मिति: Jul 4, 2021

प्रतिक्रिया दिनुहोस्