Logo
५ आश्विन २०८१, शनिबार
(July 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमन्त्री प्रभु शाहले ३० लाख ठगी गरेकै हुन त ?

पूर्वमन्त्री प्रभु शाहलाई ३० लाख ठगी गरेको आरोप लागेको छ ।

क्यानडा पठादिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाई ठगी गरेको भन्दै पूर्वमन्त्री शाह विरुद्ध उजुरी दिन एक महिला प्रहरी कार्यालय बानेश्वर पुगेकी छिन् ।

काठमाडौं बाँसबारीकी दीपा कुँवर केसीका छोरालाई शाहले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाएको पीडित केसीको आरोप छ ।

‘तीन वर्षअघि नै मेरो छोरालाई क्यानडा पठाइदिन्छु भनेर ३० लाख रुपैयाँ लिनु भएको हो । पछि पठाउन नसकेपछि साढे १० लाख फिर्ता पनि गर्नुभयो । २० लाख रुपैयाँ पटक–पटक माग्दा पनि दिनु भएको छैन,’ केसीले भनिन्,‘ आज पैसा माग्न उहाँको घरमा जाँदा म माथि हातपात भयो । अहिले उजुरी दिन बानेश्वर प्रहरी वृत्तमा आएकी छु ।’

बानेश्वर प्रहरी वृत्तका प्रमुख डीएसपी मिम बहादुर लामाले भने आफू खाना खान आएकाले उजुरी दिन आएकी महिलाबारे बुझ्न बाँकी रहेको बताए ।

प्रहरीका अनुसार दीपा केही महिला साथी लिएर आइतबार बिहान पूर्वमन्त्री शाहको घरमा पुगेकी थिइन् । तर, शाहले उनलाई आफूले नचिन्ने भन्दै कुरा गर्न इन्कार गरेका थिए ।

शाहले समेत उनीहरू बिहान आफ्नो घरमा आएको स्वीकार गर्दै महिलाले घरमै आएर आफूमाथि दुर्व्यवहार गरेको बताए ।

प्रकाशित मिति: Jul 4, 2021

प्रतिक्रिया दिनुहोस्