Logo
५ आश्विन २०८१, शनिबार
(July 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध : नेपाल समूह

नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकालेको छ ।

यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णय पनि गरेको नेता घनश्याम भुसालले जानकारी दिए ।

बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । उक्त बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।

सोही विषयमा छलफल गर्न बिहीबार माधव नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले बैठक बोलाउने दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त बैठकमा नजाने निर्णय गरेको भुसालले बताए ।

भोलि बोलाएको बैठक अवैध कमिटीले डाकेको बैठक हो, त्यो पार्टी एकताको पक्षमा देखिएन’ उनले भने, ‘पार्टी एकतालाई इमान्दार भएर अगाडि बढाउन र त्यसैअनुसार बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान गरेका छौं ।’

बैठकमा सहभागी अधिकांश नेताहरुले पार्टी एकताका लागि इमान्दार प्रयत्न गर्ने बताएका थिए । ‘पार्टी एकताका लागि हाम्रो इमान्दार प्रयत्न जारी रहन्छ । त्यस्तै प्रयत्नको अपेक्षा गर्छौं’ भुसालले भने ।

प्रकाशित मिति: Jul 1, 2021

प्रतिक्रिया दिनुहोस्