Logo
३ माघ २०८१, बिहीबार
(June 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सात वटै प्रदेश सरकारले बजेट ल्याउँदै, कोरोना नियन्त्रणलाई प्राथमिकता

आज देशका सात वटैै प्रदेश सरकारले बजेट ल्याउदै छन् ।

संवैधानिक अनुसार असार १ गते नै प्रदेशको बजेट ल्याइसक्नु पर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार संवैधानिक बाध्यतको कारण कोरोना महामारी र राजनीतिक उतारचढापका बिचमा पनि ७ वटै प्रदेश सरकारले बजेट निर्माणको काम सकाएका छन् ।

धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन असमर्थ हुने सम्भावना छ ।

बागमती प्रदेशले ५५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । चार दिन अघिमात्रै सत्ता फेरिएको गण्डकी प्रदेशमा ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी छ ।

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि कोरोना महामारीलाई केन्द्रित गरेर करिब साढे ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।लुम्बिनी प्रदेश सरकारले ३९ अर्ब हाराहारीको बजेट ल्याउँदैछ ।

कर्णाली प्रदेश र सुदुपश्चिम प्रदेशले करिब ३० अर्बको हाराहारीमा बजेट ल्याउने बुझिएको छ । प्रदेश २ ले यही वर्षको हाराहारीमा ३३ अर्ब आसपासको बजेट ल्याँउदैछ ।

 

 

प्रकाशित मिति: Jun 15, 2021

प्रतिक्रिया दिनुहोस्