Logo
१ मंसिर २०८१, शनिबार
(June 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुस काण्डमा मुछिएर फरार रहेका पालिका अध्यक्ष कार्यालय फर्केपछि कर्मचारीले गरे स्वागत

प्रदेश २ स्थित घुस काण्डमा मुछिएपछि फरार भएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत तीन महिनापछि कार्यालयमा उपस्थित भएका छन् ।

आइतबार कार्यालयमा उपस्थित भएपछि अध्यक्ष राउतलाई समर्थक र कर्मचारीहरुले फुलमालाले भव्य स्वागत गरे । तर कार्यालय बाहिर भने उनको विरोध भयो । केही यूवाहरुले ‘भ्रष्टाचारी अध्यक्ष मुर्दावाद’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

राउतले भने, ‘सर्वोच्च अदालतले गत वैशाख ८ मा ममाथि अख्तियारले गरेको स्टिङ अपरेसनका आधारमा मुद्दा नचल्ने फैसला गरेको छ । म अतिख्यारमा हाजिर भएँ । सोधपुछपछि मलाई ‘जानुस् काम गर्नुस्’ भनेर छोडियो ।’

फागुन १७ मा ठेकेदारबाट ८ लाख घुस लिएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलिले अध्यक्ष राउतलाई पछ्याएको थियो । तर उनी आफूले लिएको घुस फालेर भागे । चालक वीरबहादुर मगर भने पक्राउ परे ।

अख्तियारको टोलीले अध्यक्ष राउतले फालेको ८ लाख रुपैयाँ बरामद गरेको थियो । घटनाको तीन महिना नबित्दै अध्यक्ष राउत उम्किन सफल भएका छन् । राउत भने आफलाई फसाउने विरोधिको योजना सफल नभएको बताउँछन् ।

प्रकाशित मिति: Jun 14, 2021

प्रतिक्रिया दिनुहोस्