Logo
१२ मंसिर २०८१, बुधबार
(June 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेटो राष्ट्रका ८६ प्रतिशत नागरिक नेटो गठबन्धनका पक्षमा

नेटो राष्ट्रका ८० प्रतिशतभन्दा बढी नागरिक नेटो गठबन्धनको पक्षमा रहेको पाइएको छ ।नेटो राष्ट्रका नागरिकहरुमा गरिएको एक सर्वेक्षणबाट यस्तो परिणाम आएको समाचारमा जनाइएको हो ।

नेटो राष्ट्रका नागरिकमा सो सर्वेक्षण गरिएको थियो । नेटो संगठनले नै यो सर्वेक्षण गरेको बताइएको छ ।आफ्ना देशहरु सो नेटो संगठनमा रहनु उचित हुन्छ कि हुदैन भनेर सो सर्वेक्षण गरिएकोमा यहाँ आवद्ध ८६ प्रतिशत नागरिकले आफ्नो देश सो संगठनमा रहनुपर्छ भनेर मतदान गरेका थिए ।

उक्त सर्वेक्षणमा करिब १४ प्रतिशत नागरिकले भने नेटो सैन्य संगठनमा आबद्ध आफ्ना देशले सदस्यता त्याग्नुपर्ने अथवा सो गठबन्धनमा सहभागी हुन नहुने जनाएका थिए ।

पछिल्ला केही वर्षहरुमा यस सैन्य गठबन्धनका विषयमा प्रश्न पनि उठेको छ । कतिपय देशका नागरिकले आफ्नो देश सो गठबन्धनबाट बाहिरिनुपर्ने भनी प्रश्न उठाएका थिए ।

उनीहरुले आफ्ना देशलाई नेटो सैन्य गठबन्धनबाट बाहिरिन नहुने भनेर सुझाव पनि दिएका सो अनुसन्धानमा पाइएको पनि बताइएको छ ।

प्रकाशित मिति: Jun 13, 2021

प्रतिक्रिया दिनुहोस्