प्रदेश २ लोक सेवा आयोगले खुलायो अधिकृत नवौँ तहको विज्ञापन
प्रदेश नं २ को लोक सेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत नवौँ तह(अप्राविधिक / प्राविधिक) पदको खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन आह्वान गरेको छ ।
आयोगले प्रशासन, इन्जिनियरिङ र स्वास्थ्य सेवाका ३० पदको लागि विज्ञापन गरेको छ । आवेदन दिने मिति असार १६ गते सम्म तोकिएको छ ।
दोब्बर दस्तुर तिरेर असार २३ सम्म आवेदन दिन सकिने छ ।उमेर २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ ।
इन्जिनियर र कृषि सेवाका लागि भने ४० वर्ष ननाघेको हुनु पर्ने छ ।निजामती सेवामा बहालवाला कर्मचारीको हकमा भने उमेरको हद लाग्ने छैन । परीक्षा केन्द्र जनकपुरधाम तोकिएको छ ।
परीक्षाको मिति भने पछि प्रकाशित गरिने भनिएको छ ।