डेनमार्कले एस्ट्राजेनिकाको १४ लाख डोज कोरोना खोप नेपाललाई दिने
नेपाललाई डेनमार्क सरकारले १४ लाख डोज कोरोनाविरुद्धको एस्ट्राजेनिकाको खोप प्रदान गर्ने भएको छ ।
डेनमार्कले कोरोनाविरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।
खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि महाशाखाले बताउको छ ।
यो कोभ्याक्स अन्तर्गतको भने नभएको महाशाखाले बताएको छ ।