Logo
९ माघ २०८१, बुधबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयमा जसपाको कुरा अडकियो, सपथको तयारीमा रहेका यी हुन् जसपाका नेताहरु

गृह मन्त्रालयको नेतृत्व आफूहरुले पाउनुपर्ने अडान राखेपछि जनता समाजवादी पार्टी र प्रधानमन्त्री केपि शर्मा ओलीबीचको वार्ता लम्बिएको छ ।

प्रधानमन्त्रीले गृह मन्त्रालय आफ्नै पार्टीको भागमा राखी इश्वर पोखरेल जिम्मेदारी दिने वा महेश बस्नेतलाई नयाँ मन्त्रीको रुपमा भित्र्याने तयारीमा रहेका छन् । तर जसपाका नेताहरुले भने उक्त मन्त्रालय आफूहरुले पाउनुपर्ने अडान राखेका छन् ।

जसपा महन्थ ठाकुर पक्षका १० जना नेताहरुले मन्त्री पदको शपथ लिने तयारी गरेका छन् । ८ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीले शपथ लिने तयारीमा रहेको बालुवाटार श्रोतको दावी छ ।

जसपा नेताहरु अन्तिम छलफल गर्न शुक्रवार दिउँसो बाुवाटार पुगेका हुन् अझैसम्म मन्त्रालयको भागबण्डा मिलि नसकेको श्रोतको दावी छ । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा १० जना सरकारमा सहभागी हुन लागेका हुन् ।

जसपाले पाएको मन्त्रालय र पठाइएका नेताहहरु : 

1. राजेन्द्र महतो- उपप्रधानमंत्री तथा सहरी विकास
2. शरद सिंह भण्डारी- ऊर्जा तथा जसस्रोत
3. अनिल झा- खानेपानी तथा सरसफाई
4. लक्ष्मणलाल कर्ण- भूमि व्यवस्था तथा सहकारी
5. बिमल श्रीवास्तव – श्रम तथा रोजगार
6. उमाशंकर अरगरिया- वन तथा वातावरण
7. चन्दा चौधरी- महिला तथा बालबालिका
8. एकबाल मियां- युवा तथा खेलकूद
9. चन्द्रकान्त चौधरी – ऊर्जा राज्यमंत्री

यसैबीच प्रधानमन्त्री ओलीले एमाले युवा नेता महेश बस्नेतलाई आफ्नो मन्त्रिपरिषदमा समावेश गराउने तयारीमा रहेको बताइएको छ ।

गृहमा आफ्ना विश्वासपात्र बस्नेतलाई ल्याउने ओलीको तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

जसपाका मन्त्रीहरुसँगै बस्नेतको पनि सपथ हुने बताइएको छ ।

सम्भव भएसम्म आज र नभए आइवार सपथ हुने बताइएको छ ।

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्