Logo
१० माघ २०८१, बिहीबार
(May 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा फूटको औपचारिक सुरुवात : ठाकुर र महतोसहित ४ जनालाई सोधियो स्पष्टीकरण

जनता समाजवादी पार्टी (जसपा) नेपालको बिद्रोही समुहको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो सहित ४ जना नेतालाई कारवाही प्रक्रिया थालेका छन् ।

शनिबार बसेको भनीएको कार्यकारिणी समितिको बैठकले ठाकुर-महतो सहित लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा उक्त बैठक बसेको थियो । बैठककमा ठाकुर र महतो पक्षका सबै र यादव पक्षको समेत केहि सदस्यहरु अनुउपस्थित रहेका थिए ।

स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआए पार्टी विधानअनुसार कारवाही गरिने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

जसपा नपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा भएको बैठकमा प्रदेश २ स्थित सरकारको नयाँ समीकरणबारे समेत चर्चा भएको थियो ।

जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय रहेका छन् । तर ३४ सांसद मध्ये शुक्रवार १२ जना सांसदले मात्र यादवलाई साथ दिएका थिए ।

गत जेठ ४ गते अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक तय गरेका थिए ।

तर शुक्रबार अचानक अध्यक्ष ठाकुरले कोरोनाको कारण देखाउँदै बैठक स्थगित भएको विज्ञप्ति जारी गरेका थिए ।

तर लगत्तै अध्यक्ष यादवले अर्को विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको र निर्धारित मितिमा नै बैठक हुने विज्ञप्ति जारी गरेका थिए ।

बैठकमा कति जना उपस्थित थिए त्यसको यकिन भने हुन सकेको छैन । उक्त नेताका अनुसार केहि नेतासँग टेलीफोनमै सहमति लिएर पछि हस्ताक्षर गर्ने सर्तमा उपस्थितिमा नाम लेखिएको थियो ।।

प्रकाशित मिति: May 22, 2021

प्रतिक्रिया दिनुहोस्