Logo
५ आश्विन २०८१, शनिबार
(May 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २६ सांसद मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए ।

नेपाल पक्षका २६ सांसद्ले शुक्रबार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति: May 22, 2021

प्रतिक्रिया दिनुहोस्