राष्ट्रिय जनमोर्चा पार्टीले हटायो कृष्ण थापालाई संसदीय दलको नेताबाट
गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टीको संसदीय दलको नेता कृष्ण थापालाई दलको नेताबाट हटाइएको छ ।गण्डकी प्रदेशसभा अन्तर्गत संसदीय दलको नेता थापालाई आज राजमोले दलको नेताबाट हटाएको हो ।
आज बुधबार बसेको बैठकले उनलाई दलको नेताबाट हटाएको हो । केही समयभित्र प्रदेशसभा सचिवालयमा पत्र बुझाइँदै छ । अन्य कारबाहीको निर्णय पार्टी केन्द्रिय कार्यालयले नै गर्ने भएको छ ।
थापालाई पार्टीले बिहान स्पष्टिकरण सोधेको थियो । थापाले चित्त बुझ्दो जवाफ नदिएपछि दलको नेताबाट हटाइएको हो ।