Logo
५ आश्विन २०८१, शनिबार
(May 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाजपा नेता स्वामी भन्छन : भारतको रोजाईमा केपी नै हुन, ‘प्रचण्ड’ प्रधानमन्त्री भए चीनले जित्नेछ !

नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले बताएका छन् ।

नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’

 

प्रकाशित मिति: May 11, 2021

प्रतिक्रिया दिनुहोस्