Logo
२९ कार्तिक २०८१, बिहीबार
(May 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामुहिक राजीनामा दिएर अपराध नगर्न माधव नेपाल समूहका सांसद्हरुलाई ओलीको अपिल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टी एकताको पक्षमा रहेकाले कसैलाई पनि काखा पाखा नगर्ने बताएका छन् ।

आइतवार प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले एमाले वैयक्तिक स्वार्थ, अहंकार र स्वार्थपूर्तिको माध्यम बन्न नहुने बताएका हुन् । उनले नेता माधवकुमार नेपाल पक्षधर पार्टीलाई पछि पार्ने हानिकारक प्रयासमा लागेको आरोप लगाएका छन् ।

‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन्,’ ओलीको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष ओलीले विरोधीलाई सहयोग पुर्‍याउँदै दिग्विजय मनाउने घातक क्रियाकलापलाई इतिहासले माफ नगर्ने बताएका छन् । यस्ता गतिविधमा संलग्न नहुने उनले कार्यकर्तालाई अपिल गरेका छन् ।

सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् ।

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई  जवाफ दिन्छौं’ उनले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

प्रकाशित मिति: May 9, 2021

प्रतिक्रिया दिनुहोस्