Logo
१० माघ २०८१, बिहीबार
(May 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुरले देउवालाई भने : जसपाको भर परेर कुनै निर्णय नलिनु, उपेन्द्रको निर्णय पार्टीको नभई व्यक्तिगत हो

जसपाका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवालाई जसपाको भर परेर कुनै निर्णय नलिन सुझाव दिएका छन् । साथै जसपाले प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट हटाउने निर्णय नगरेको जानकारी दिएका छन् ।

आज वरिष्ठ नेता राजेन्द्र महतोसहित बूढानीलकण्ठ पुगेर ठाकुरले जसपाको भर परेर कुनै निर्णय नलिन सुझाव दिएको स्रोतले जानकारी दिएको छ ।

उनले बाबुराम र उपेन्द्र यादवको निर्णय पार्टीको नभई व्यक्तिगत भएको समेत बताएका छन् ।स्रोतले भन्यो, ‘उपेन्द्रजीले गरेको निर्णय उहाँको व्यक्तिगत हो । जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय लिएको छैन । तपाईं अविश्वास प्रस्तावतर्फ जान लाग्नुभएको हो भने हाम्रो अहिले त्यसमा समर्थन छैन ।’

ठाकुर र महतोले पार्टीको कार्यकारिणी समिति र संसदीय दलमा आफूहरू बहुमतमा रहेकाले पार्टीको निर्णय नहुन्जेल जसपाको भर परेर कुनै निर्णयमा नपुग्न देउवालाई सुझाएका स्रोतले जनाएको छ ।

एमाले विभाजित भएको अवस्थामा जसपाको मत निर्णायक नहुने भएकोले तटस्थ बस्ने सम्भावना रहेको झाले बताए । ठाकुर र महतोले आफूहरूबीच कुनै विवाद नभएको र उपेन्द्र-बाबुराम पक्षले खटपटको खबर बाहिर प्रचार गराएको देउवालाई बताएका छन् ।

 

प्रकाशित मिति: May 9, 2021

प्रतिक्रिया दिनुहोस्