कर्णाली सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई १ लाख दिने
कोरोनाबाट मृत्यु भएका परिवारलाई कर्णाली सरकारले एक लाख रुपैयाँ दिने भएको छ ।
कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको हो ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिएकी छन् ।
आर्थिक मामिला तथा योजना मन्त्री केसीले ‘विपद्को घडीमा नागरिकलाई राहत दिने हेतुले यस्तो निर्णय गरिएको हो’ बताइन् ।