लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर मुख्यमन्त्री पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले आज प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवले राजीनामा स्वीकृत गरिदिएका हुन् ।