Logo
२९ कार्तिक २०८१, बिहीबार
(May 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शान्तिपूर्ण बाटो रोजेसँगै ‘विप्लव’ नेतृत्वको नेकपा फुट्यो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) फुटेको छ। उक्त पार्टीका पूर्व पोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमला‘गम्भिर’ को नेतृत्वमा नयाँ पार्टीको घोषणा भएसँगै विप्लव नेतृत्वको नेकपा फुटेको हो।

नयाँ पार्टीको नाम जन–समाजवादी मञ्च राखिएको छ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर धमलाको नेतृत्वमा ५१ सदस्यीय जन समाजवादी मञ्चको गठन गरिएको विज्ञप्ति मार्फत जनाइएको छ।

‘आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्‍याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं। तीनै नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ। तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जन सम्प्रभूता सम्पन्न गरेर मात्र अब बा“की अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ’ विज्ञप्तिमा भनिएको छ।

त्यसका लागि नयाँ आधारमा एउटा नयाँ विचार, नयाँ क्रान्ति, नयाँ आन्दोलन सृजना गर्न वैज्ञानिक समाजवादी कार्यदिशालाई दरोसँग अगाडि बढ्ने उदेश्य बोकेको पार्टी आवश्यक भएको जनाइएको छ।

प्रकाशित मिति: May 1, 2021

प्रतिक्रिया दिनुहोस्