इजरायलमा धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु
इजरायलमा यहुदी पर्व समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ ।साथै दर्जनौं घाइते भएका छन् ।
इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट मेरोनमा आयोजना गरिएको धार्मिक समारोहमा भागदौड मच्चिंदा थुप्रै घाइते भएकाको इजरायली अधिकारीहरुले बताएका छन् ।
यो घटनामा कम्तिमा ३८ जनाको मृत्यु भएको स्थानीय एक पत्रिकालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।कोरोना महामारी नियन्त्रण आइरहेको इजरायलमा आयोजना गरिएको धार्मिक मेलामा हजार्रौ सहभागी हुँदा भीडकै बीच भागदौड मच्चिएको हो ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनाप्रति दुख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथैप्रधानमन्त्री नेतन्याहुले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
वार्षिक पर्व मनाउन दशौं हजार यहुदा भेला भएका थिए । भिड धेरै भएकाले उद्धार कार्यमा समेत कठिनाइ भइरहेको आपतकालीन सेवा प्रदायकहरुले जनाएका छन् ।
यहुदीहरुले हरेक वर्ष मनाउने सो पर्व गत वर्ष कोरोना भाइरस संक्रमणको महामारीका कारण रोकिएको थियो । यस वर्ष भने पर्व मनाउन ठूलो संख्यामा मानिसहरु भेला भएका थिए ।