Logo
५ आश्विन २०८१, शनिबार
(April 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमित पूर्वराज दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार जारी

कोरोना संक्रमित भई भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिन दिएर उपचार गरिरहेको नर्भिक अस्पतालले जानकारी दिएको छ।

अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराज दम्पतीलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको जानकारी दिएको हो। उनीहरु गत शनिबार दिउँसो भर्ना भएका थिए।

‘कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्वराजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो,’ अस्पतालले भनेको छ।

साथै, उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्टबिनै उपचार भइरहेको जानकारी दिइएको छ। उपचारमा संलग्न चिकित्सकहरुले उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको बताएका छन्।

प्रकाशित मिति: Apr 27, 2021

प्रतिक्रिया दिनुहोस्