नेपाल समूहका नेताको मुद्दा प्रकाश ढुंगानाको इजलासमा सुनुवाइ
एमालेको माधवकुमार नेपाल समुहले अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ ।
नेपाल समुहलेले २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिटमाथि आज सुनुवाई हुन लागेको हो । ।
माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रुपमा पेश गरिएको १४ बुँदे मागसहितको रीटमाथि न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा सुनुवाई हुने भएको हो ।
रिट निवेदकले आफूहरुमाथि गर्न लागिएको निष्काषनको कारवाही उत्प्रेषण,प्रतिषेधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।ती नेताहरुले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छ।
एमाले नेताहरुको रिट ढुंगानाको इजलासको अन्तिमतिर परेकाले आज हेर्न नभ्याइनेमा पर्न सक्ने बताइएको छ । त्यस्तै आफूहरुले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको छ ।