एमालेका खनाल-नेपाल पक्षको रिट सर्वोच्चमा दर्ता, सुनुवाइ आइतबार हुने
नेकपा एमालेका खनाल-नेपाल पक्षको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै मानधव कुमार नेपाल समूहका नेताले दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो ।
उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । ओलीले मंगलवार कर्णाली प्रदेशका ५ जना, संघका २७ जना गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। नेपाल समूहका सांसदको मंगलवारको भेलाले अदालत जाने निर्णय गरेको थियो।
आज (बिहिबार) खनाल नेपाल समुहका नेताहरुले स्पष्टिकारण बुझाएका छन् । बष्ठि नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओलीबीच हिजो र आज वार्ता भएको छ तर वार्तामा के कुरा भएको छ भन्ने बाहिर ल्याइएको छैन् ।