Logo
१२ मंसिर २०८१, बुधबार
(April 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना संक्रमण भयावह बन्दै, एकैदिन थपिए झण्डै ३ लाख संक्रमित

छिमेकी मुलुक भारतमा २४ घण्टामा २ लाख ९५ हजार ४१ जनामा कोरोना पुष्टि भएको छ । उक्त अवधिमा २ हजार २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या साढे २१ लाख नाघेको छ ।यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या एक करोड ५६ लाख नाघेको छ ।

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ८२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ६२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै उत्तर प्रदेशमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने, दिल्लीमा २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । कर्नाटकमा पनि २१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने, केरलामा नयाँ संक्रमितको संख्या १९ हजारभन्दा धेरै रहेको छ ।

भारतमा कोरोना संक्रमण बढेसँगै दिल्लीमा सोमबारदेखि एक साताको लागि लकडाउनको घोषणा गरिएको छ । उत्तर प्रदेशले पनि साताको दुई दिन लकडाउनको घोषणा गरेको छ ।

त्यस्तै अन्य राज्यले पनि संक्रमण नियन्त्रणको लागि भन्दै सामाजिक गतिविधिमा कडाइ गरेका छन् । तर, संक्रमण भने नियन्त्रणमा आएको छैन ।

भारतमा अहिलेसम्म १३ करोड १ लाखभन्दा धेरै डोज कोरोना खोप दिइएको छ ।

प्रकाशित मिति: Apr 21, 2021

प्रतिक्रिया दिनुहोस्