चैतेदशैँको अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
चैतेदशैँको अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा भएको छ ।कर्णाली प्रदेश सरकारले चैतेदशैँको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।
चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्वझै उत्सवका साथ मनाउने गरिन्छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ ।
प्रदेश सरकारले चैतेदशैँका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिँदै आएको छ ।