Logo
१२ मंसिर २०८१, बुधबार
(April 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको नयाँ दिल्लीमा एक साताका लागि लकडाउन घोषणा

कोरोना संक्रमण बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा एक साता लामो लकडाउन गर्ने भएको छ ।

पछिल्ला दिन कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार राती १० बजेदेखि अर्को सोमबार बिहानसम्म लकडाउनको घोषणा गरेका हुन् ।

उनले लकडाउनको समयमा गरिबहरुमाथि निकै अप्ठ्यारो अवस्था आउन सक्ने भएकोले दिल्ली छाडेर नजान आग्रह गरेका छन् । उनले पछिल्लो समय दैनिक २५ हजारभन्दा बढी संक्रमित देखिन थालेपछि लकडाउनको घोषणा गर्नुपरेको बताए ।

मुख्यमन्त्री केजरीवालले भने, ‘लकडाउन घोषणा गर्ने वित्तिकै कोरोना खत्तम हुँदैन भन्ने मेरो मान्यता हो, यसको तीव्रतामा कमी आउने हो ।

एक हप्तामा हामी बेड, औषधी र अक्सिजनको व्यवस्था गर्छौं ।’ लकडाउन घोषणा गरिएपनि परीक्षा दिने विद्यार्थीहरूका लागि परिचयपत्रका आधारमा छुट दिने व्यवस्था गरिएको छ भने टिकट देखाएर रेलवे स्टेशन र एयरपोर्टमा आवतजावतका लागि छुट गरिएको छ ।

प्रकाशित मिति: Apr 19, 2021

प्रतिक्रिया दिनुहोस्