Logo
१२ मंसिर २०८१, बुधबार
(April 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा एकैदिन कोरोना संक्रमणबाट १५ सयभन्दा बढीको मृत्यु

भारतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार २४ घण्टाको अवधीमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ४७ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुने १ लाख ७७ हजार नाघेका छन् । पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ६७ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

यस्तै उत्तर प्रदेशमा २७ हजार, कर्नाटकमा १७ हजार तथा छत्तीसगढमा १६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १८ लाख नाघेको छ ।

विश्वभर कोरोना संक्रमणबाट ३० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १४ करोडभन्दा बढी पुगेको छ ।

प्रकाशित मिति: Apr 18, 2021

प्रतिक्रिया दिनुहोस्