Logo
५ आश्विन २०८१, शनिबार
(April 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन गर्न सरकारलाई दबाब : २४ घन्टामा थप १०९६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जनामा र ६९९ जनाको एन्टिजेन परीक्षण गराउँदा ८१ जना गरी १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै मन्त्रालयका अनुसार कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ। मन्त्रालयका अनुसार हाल ६ हजार २९० कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै हाल ८५ जना क्वारेन्टाइनमा र ६ हजार २९० जना आइसोलेसनमा छन्। ११६ जना आइसीयूमा र ४६ जना भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: Apr 18, 2021

प्रतिक्रिया दिनुहोस्