भारतको रायपुरमा कोरोना अस्पतालमा आगलागी हुदाँ ५ जनाको मृत्यु
छिमेकी देश भारतको रायपुरमा कोरोना अस्पतालमा आगलागी हुदाँ ५ जनाको मृत्यु भएको छ ।
छत्तिसगढ राज्यको राजधानी रायपुरमा एक कोरोना अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको हो भने मृत्यु हुनेमा ४ जना कोरोना संक्रमित छन् ।
रायपुरको पचेडी नाका छेउमा रहेको निजी अस्पतालको आइसियु कक्षमा बिद्युत शर्ट भइ आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
५० जना कोरोना संक्रमित समेत गरी १ सय ४५ जना बिरामी उपचाररत सो अस्पतालमा आगलागी हुँदा बिरामीहरुबिच भागदौड मच्चिएको थियो । घटनामा केही बिरामी घाइते भएका छन् । आगलागिपछि बिरामीलाई अन्य अस्पतालमा सारिएको छ ।