Logo
९ मंसिर २०८१, आईतबार
(April 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

file photo

लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । गएराति करिब ५ घन्टाको अन्तरालमा ४ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेजमा मत्यु भएको छ ।

त्यसैगरी बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले बताए।

उनकाअनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका-१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको थियो।

त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका-८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको हो। गत चैत ३१ गते कोरोना सङ्क्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गए राति ७ः४० बजे उनको मृत्यु भएको हो।

भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका-१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ। गत चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार भइरहेकामा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति ९ः३० बजे मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले बताए।

 

प्रकाशित मिति: Apr 18, 2021

प्रतिक्रिया दिनुहोस्