Logo
५ आश्विन २०८१, शनिबार
(April 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सहरी क्षेत्रका विद्यालय आगामी बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको सीसीएमसी बैठकले भाइरस संक्रमणको रोकथामका लागि शहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

कोरोना नियन्त्रण र रोकथामका सम्बन्धी आदेश २०७८ माथि छलफल भएको र आदेशमा बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए । उनले यस विषयमा स्थानीय तहले नै निर्णय गर्नुपर्नेमा सीसीएमसीको जोड रहेको बताए । मन्त्रिपरिषद् बैठकले सिफारिसलाई अनुमोदन गरेपछि विद्यालय बन्दको निर्णय कार्यान्वयन हुनेछ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्नेबारे प्रस्ताव पेश गरेपनि मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको थिएन । बैठकले कोरोनाको दोस्रो चरणको महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्यमा जुट्न सम्बद्ध सबै पक्षलाई निर्देशन दिने निर्णय गरेको छ ।

पहिले सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै जाने, मास्क तथा सेनिटाइजर लगाउने, समुदाय, टोलमा स्थानीय निकायले जनचेतना फैलाउने लगायत काममा जोड दिइएको सचिव बरालले बताए । बैठकमा जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालनका बिधिबारे छलफल भएको र आवश्यक निर्णयका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गरिएको छ ।

प्रकाशित मिति: Apr 17, 2021

प्रतिक्रिया दिनुहोस्