Logo
५ आश्विन २०८१, शनिबार
(April 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने : सभामुख अग्नि सापकोटाको भूमिका अराजक र अनैतिक भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भूमिका अराजक र अनैतिक खाले भएको भन्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने गर्ने दलहरुको साथ खोजेका छन् ।

बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई सभामुखले असहयोग गरेको बताएका छन् ।

बैठकमा सहभागी राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीले सभामुखको भूमिकाप्रति अशन्तुष्टि व्यक्त गरेको बताए । लोहनीले भने- प्रधानमन्त्रीज्यूले सभामुखले असहयोग गरे,संसदले काम गर्न दिएन र सभामुख अराजक र अनैतिक काम गरिरहेका छन् भन्नुभयो । हामीले मिलाएर लैजानुस भनेका छौं ।

प्रकाशित मिति: Apr 17, 2021

प्रतिक्रिया दिनुहोस्