Logo
५ आश्विन २०८१, शनिबार
(April 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको गठबन्धनमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । गठबन्धलाई जनमोर्चाको पनि साथ रहेको दलहरुले बताएका छन् ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली (पोखरेल) मुख्यमन्त्रीको प्रस्ताव गर्दै गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको माओवादीका संसदीय दलका उपनेता रामजी बरालले बताए ।

कांग्रेसका प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले जनमोर्चा बाहेक तीनवटा दलका २८ जना सदस्यको हस्ताक्षर रहेको बताए । जनमोर्चासँग ३ सदस्य छन् ।

माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता पनि भएको र मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता भएको उनले बताए । थापाले संसद अधिवेशन भंग भएकोले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न जाने तयारी रहेको जानकारी दिए ।

प्रकाशित मिति: Apr 15, 2021

प्रतिक्रिया दिनुहोस्