Logo
५ आश्विन २०८१, शनिबार
(April 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण देखिएको छ।

४२८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा ६ सय भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

गौतमका अनुसार पछिल्लो सोमबारदेखि आजसम्म १३ हजार५३ जनामा कोरोना परीक्षण गरिएको छ।

जसमध्ये १५३६ जना संक्रमित भएका छन् भने ४२० जना संक्रमणमुक्त भएका छन्।

हालसम्म मुलुकभर ४०५६ जना कोरोना संक्रमित छन्। जसमध्ये ३५९९ जना होम आइसोलेशनमा छन् भने ४५७ जना संस्थागत आइसोलेशनमा छन्।

सरकारले पछिल्लो २४ घन्टामा ४२८९ जनाको पिसिआरबाट ५८० जनामा संक्रमण देखिएको छ। यस्तै ४५१ एन्टिजेन परीक्षणबाट २३ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा मात्र २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घन्६मा १२९ जना डिस्चार्ज भएका छन्। यो कुल संक्रमितको ९७.५ प्रतिशत हो।

school
ncell in
हाल मुलुभरका विभिन्न अस्पतालमा ८० जना आइसियुमा र २५ जनालाई भेन्टिलेटर दिएर आइसियुमा राखि उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित मिति: Apr 14, 2021

प्रतिक्रिया दिनुहोस्