Logo
५ आश्विन २०८१, शनिबार
(April 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव–झलनाथप्रति ‘क्रुर’ बन्दै ओली, केन्द्रिय समिति बैठकबाट एक्सन लिने

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

ओलीले चैत ६ गते बैठक बोलाएको केन्द्रीय कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

‘६ गते ११ वजे बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाइएको हो,’ उनले भने।

नेकपा एमालेको असन्तुष्ट समूह बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले समानान्तर गतिविधिलाई तिब्रता दिएपछि ओलीले थप रणनीति बनाउँन केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्।

फागुन २८ गतेको ओली समूहको केन्द्रीय कमिटीको बैठकले नेपाल-खनाल समूहलाई वाइपास गर्दै विभिन्न निर्णय गरेको थियो। उक्त निर्णयलाई फिर्ता लिनुपर्ने नेपाल-खनालको अडानलाई ओलीले भने अस्वीकार गर्दै आएका छन्।

यसअघि चैत ७ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहका ४ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।

उक्त स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै ओलीले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्ड र घनश्याम भुसाललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिसकेका छन्।

ओलीले नवौं महाधिवेशनबाट निर्वाचित एमालेको केन्द्रीय कमिटीलाई १० औं महाधिवेश आयोजक कमिटी बनाएका छन्। जसका लागि अध्यक्ष र महासचिव वाहेकका सबै पदाधिकारीको पद खोसिएका छन्। हाल ओलीले २ सय ६४ जनाको महाधिवेशन कमिटी बनाएका छन्।

ओलीको उक्त निर्णयलाई कुनै पनि हालतमा वैधानिक नमानिने भन्दै एमालेकै नेपाल-खनाल समूहले सबै जिल्लामा समानान्तर कमिटी गठन गरिरहेको छ। ओली समूहका नेताहरुले नेपाल समूहका नेताहरुका समानान्तर गतिविधि नरोकिएको भन्दै समानान्तर कमिटीमा मनोनित भएकाहरुलाई पनि कारवाही हुने बताउँदै आएका छन्।

त्यसो त,ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उनले चेतावनी दिए ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष अ‍ोलीले भने, ‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं ।’

उनले अघि भने, ‘माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस् ।’

तर गुटबन्दी गरेर आउनेलाई स्वीकार नगर्ने उनले बताए । आफूलाई जति भनेपनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उनले बताए । नेता नेपालले अहिले पनि बोलिरहेको भन्दै उनले अघि भने, ‘म सीमा हेरिरहेको छु ।’

प्रकाशित मिति: Apr 12, 2021

प्रतिक्रिया दिनुहोस्