Logo
९ मंसिर २०८१, आईतबार
(April 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले गर्‍यो १० प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकतम सीमा निर्धारण

नेपालमा पहिलो पटक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकतम मात्राको सीमा तोकेको छ ।

विभागले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार स्याउ र केरा गरी दुई प्रकारका फलफूल, भन्टा, करेला, काउली, बन्दा, आलु, भिन्डी र गोलभेंडा गरी सात वटा तरीकार एउटा चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा तोकिएको छ ।

गुणस्तर निर्धारण आदेश मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि राजपत्रमा सूचना प्रकाशित भएर कार्यान्वयनमा आएको विभागले जनाएको छ । नयाँ मापदण्डले आयातित र स्वदेशी तरकारी तथा फलफूललाई समेट्ने विभागले बताएको छ ।

नयाँ मापदण्ड अनुसार केरामा ४२, स्याउमा २७, भन्टामा २१, करेलामा १, बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकिएको छ ।

यस्तै आलुमा ७१, काउलीमा १३, भिण्डीमा ३ र गोलभेंडामा ७४ तथा चियामा १९ वटा अवशेषको अधिकतम सीमा निर्धारण भएको छ ।

यस्तै आल्मोन्ड्स, बदाम, हेजलट्स, ब्राजिलनट्स, पिस्ता, दूध र स्याउको जुसको माइकोटक्सिनको अधिकतम सीमा पनि विभागले थप गरेको छ ।यी पदार्थमा हुने ढुसीका कारण उत्पन्न हुने प्राकृतिक विषको मात्रा नेपालमा पहिलो पटक तय भएको विभागले बताएको छ ।

उल्लेखित सीमाभन्दा बढी मात्रामा विषादी प्रयोग गरेको पाइए खाद्य ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ ।

यस्तै बोडी, सिमी, परवर, भेंडेखुर्सानी, काँक्रो, घिरौंला, प्याज, हरियो फर्सी, पाकेको फर्सी र रायोको साग तथा सुन्तला, आँप र अंगुरको पनि थप जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारणबारे अध्ययन भइरहेको विभागले जनाएको छ ।

 

प्रकाशित मिति: Apr 9, 2021

प्रतिक्रिया दिनुहोस्