Logo
५ आश्विन २०८१, शनिबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली सरकार : एमालेका मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन

नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशको बसेको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ ।

तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको दलका संसदीय नेता यमलाल कँडेलले जानकारी दिए ।

निर्देशनअनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता जनाएको एक सांसदले जानकारी दिए । नयाँ सरकार गठनबारे खासै छलफल नभएको ती सांसदले बताए ।

संसदीय दलका नेता कँडेलले ४ चैतमा भएको निर्णयमा हेरफेर नभएको बताए ।

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्