Logo
५ आश्विन २०८१, शनिबार
(April 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समर्थन फिर्ता लिए प्रधानमन्त्रीबाट राजीनामा दिन्छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन्।

शनिबार प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ कार्यक्रममा यस्तो बताएका हुन्।

उनले आफ्नो राजीनामा अहिले मात्रै नभएर पटकपटक मागिँदै आएको बताउँदै उनले मागपिच्छे आफूले राजीनामा दिन नसक्ने बताए। उनले आफूलाई हटाउन आग्रह गरे पनि समर्थन फिर्ता नलिइएको बताए।

‘प्रधानमन्त्रीको राजीनामा आज मागिएको होइन्, मागिएको मागिएइ छ त। मागैपच्छिे म कसरी दिनसक्छ? एउटाले माग्दैन, एकदिन माग्दैन, दुईदिन माग्दैन, माग्या छ माग्या छ’, उनले भने, ‘ए बाबा, हटाउ न त। समर्थन फिर्ता लिइदेउ भन्छु त्यो पनि लिँदैनन्। अनि राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न।’

उनले समर्थन फिर्ता पनि नगर्ने राजीनामा पनि माग्न नछाड्ने काम चलिरहेको र मिडियाले पनि मेलम्चीको पानीभन्दा प्रधानमन्त्रीको राजीनामालाई महत्व दिएको भन्दै आक्रोश व्यक्त गरे।

प्रकाशित मिति: Apr 3, 2021

प्रतिक्रिया दिनुहोस्