सरकारद्वारा त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख दिने
मन्त्रिपरिषद्को बैठकले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख दिने निर्णय गरेको छ । आज (शुक्रबार) बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
बैठकले विजेता खेलाडीलाई जनही रु चाररचार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।
सोमबार दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।
नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।