Logo
३ माघ २०८१, बिहीबार
(April 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब दैनिक २० किलो सुन आयात गर्न पाइने

नेपालमा अब दैनिक २० किलो सुन आयात गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले बिहीबार एकीकृत परिपत्र-२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घलगायतले सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गर्दै आएका थिए ।

सोही मागअनुसार नै सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधिमा संशोधन गरिएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशकका अनुसार आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० किलोग्राम कायम गरिएको छ ।

विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन् ।विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो ।

प्रकाशित मिति: Apr 2, 2021

प्रतिक्रिया दिनुहोस्