Logo
५ आश्विन २०८१, शनिबार
(March 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्र आज अदालत जाँदै

फागुन २३ गते सर्वोच्चले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनका लागि आज सर्वोच्च अदालत जाँदै छ ।माओवादी केन्द्र आज बिहान ११ बजे सर्वोच्च अदालत पुग्ने स्रोतले जानकारी दिएको छ ।

माओवादी केन्द्रले नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति चित्त नबुझेको भन्दै फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको थियो ।

कानुन व्यवसायीहरूले पनि सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जान सकिने सुझाव दिएका थिए । माओवादी केन्द्रको स्थायी समिति र केन्द्रीय समिति बैठकमार्फत नै निर्णय गरेर पुनरावलोकनमा जान लागेको एक नेताले बताए ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम बहादुर रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले छ महिनाका लागि कारबाही गरेको छ ।

प्रकाशित मिति: Mar 30, 2021

प्रतिक्रिया दिनुहोस्