Logo
५ आश्विन २०८१, शनिबार
(March 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेभित्र समानान्तर कमिटी गठन गर्ने तीन नेता पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले पार्टी हितविपरीत समानान्तर कमिटी गठन गर्ने तीन नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ ।

पार्र्टीको विभिन्न जिम्मेवारीमा रहेर पार्टीविरोधी क्रियाकलाप गरेकाले उनीहरुलाई निष्कासन गरिएको एमाले अर्घाखाँचीले जनाएको छ ।

जिल्ला पार्टीको आज बसेको बैठकले नेकपा एमालेका तत्कालीन सचिव रामबहादुर चौहान, संविधानसभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई पार्टी हितविपरीत विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै पार्टीबाट निष्कासन गरिएको हो ।

चौहान तीन दिनअघि एमाले माधव नेपाल समूहले गठन गरेको समूहको जिल्ला अध्यक्ष बनेका थिए ।

चौहानलाई पार्टी विधानको धारा ४९ (ख) अनुसार पार्टी संगठित सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिएका छन् ।

‘पार्टी विभाजनकारी गुटगत क्रियाकलापमा संलग्न रही पार्टी अनुशासन उल्लंघन गर्ने अन्य केही व्यक्तिहरुलाई पार्टी विधानअनुसार स्पष्टीकरण माग गर्ने निर्णय पनि एमालेले गरेको छ ।’ अध्यक्ष आचार्यद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति: Mar 29, 2021

प्रतिक्रिया दिनुहोस्