Logo
१४ मंसिर २०८१, शुक्रबार
(March 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को प्रदेशसभा बैठक चैत ३० गते बस्ने

प्रदेश २ को प्रदेशसभा बैठक चैत ३० गते बस्ने भएको छ ।

प्रदेश प्रमुख डा. राजेश झाले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकको लागि सिफारिस गरेपछि प्रदेश प्रमुख झाले चैत ३० गतेको लागि बैठक आह्वान गरेका हुन् ।

मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।

यसअघि प्रदेशसभाको बैठक कात्तिकको पहिलो साता बसेको थियो । कात्तिक महिनापछि सरकारले बिजनेश दिन नसकेपछि बैठक बस्न सकेको थिएन् ।

प्रकाशित मिति: Mar 29, 2021

प्रतिक्रिया दिनुहोस्