Logo
५ आश्विन २०८१, शनिबार
(March 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम चौधरीलाई जेलमुक्त गराउनुपर्ने माग राखिएको धर्नामा गृहमन्त्री पुगे

गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनालाई लिएर सरकारले वार्ता टोली बनाएर छिट्टै निकास निकाल्ने आश्वासन दिएका छन् ।

आन्दोलनरत पक्षले टीकारपुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशमलाल चौधरी, लक्ष्मण थारु लगायत माथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने जस्ता १९ बुँदे माग राखी केही दिनदेखि माइतीघर मण्डलामा धर्नामा दिइरहेका छन् ।

केही दिनदेखि थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति, केन्द्रीय आन्दोलन परिचालन समिति, काठमाडाैंले संयुक्त रुपमा माइतीघरमा जारी राखेको धर्ना कार्यक्रमै उपस्थित भएर गृहमन्त्री थापाले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न सरकारले बिहीबार नै टोली बनाउने जानकारी गराए । ‘

समस्याहरु छिट्टै संवाद र वार्ताबाट हल गर्ने भन्ने हो । आजै क्याबिनेटमा कुरा राखी वार्ता टोली गठन गरी यसलाई निष्कर्षमा लगेर हल गरिनेछ,’ उनले भने ।

प्रकाशित मिति: Mar 25, 2021

प्रतिक्रिया दिनुहोस्